न्यायको ल’डाइँ जितेको छु, देशकाे शीर झुक्न दिन्नँ : महरा

काठमाडौं।प्रतिनिधि सभाका पूर्वसभामुख एवं दाङ क्षेत्र नं.–२ का सांसद कृष्णबहादुर महराले आफूले न्यायको ल’डाइँ जितेको र देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं ल’डिरहने बताएका छन्। डिल्ली बजार का’रागारबाट रिहा भए लगत्तै एक वक्तव्य जारी गर्दै महराले आफू माथिको आ’रोप गलत सावित भएको बताएका हुन्। वक्तव्यमा महराले भनेका छन्, ‘अन्ततः म माथि लगाइएको आ’रोप गल’त सावित भएको छ । सम्मानित अ’दालतले मलाई निर्दोष ठ’हर गर्दै स’फाइ दिएको छ। म सम्मानित अदालत प्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु ।’

महराले आफूप्रति शुभेच्छा राख्ने सबैप्रति धन्यवाद दिएका छन्। उनले स्वाधीनताको ल’डाइँमा आफू निरन्तर लागि रहने प्रतीज्ञा पनि गरेका छन्। विज्ञप्तिमा भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहि रहने छ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहास देखि नै गौरव पूर्ण रहेको छ र सधैं रहिरहने छ।’

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, अन्ततः म माथि लगाइएको आ’रोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई नि’र्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालत प्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु। यस क्रममा सक्रियता पूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरु प्रति हार्दिक आभार प्रकट गर्दछु। म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार का’रागार मा बसी त’थाकथित आ’रोप खेपेको छु।

यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्य कर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्ली बजार का’रागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु । एक देशभक्त नेपाली का रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहने छ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहास देखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहने छ।

प्रतिक्रिया दिनुहोस्