कोरोना भाइरससँग ल’ड्दा वुहान अस्पतालका निर्देशककै ज्यान गयाे

काठमाण्डौ: चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्या’न गएको छ। वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा नि’धन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् ।

वुचाङ्ग अस्पताल कोरोना भाइरस स’ङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो। यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चे’तावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्या’न गए को थियो । उनी माथि कारबाही पनि गरिएको थियो । चीनमा कोरोना भाइरस (काेभिड–१९) बाट ज्या’न गु’माउनेको सङ्ख्या बढिरहेको छ ।

सोमबार सम्म एक हजार आठ सय ६८ जनाको ज्या’न गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ । सोमबार एकै दिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्या’न गएको हो । एक हजार आठ सय ८६ जना नयाँ स’ङ्क्रमित थपिए सँगै कुल स’ङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । काेराेनाका कारण चीनबाहिर चार जनाकाे ज्यान गइसकेकाे छ ।

फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक /एक जनाको ज्या’न गएको छ । बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजार भन्दा बढी स्वास्थ्य कर्मी स’ङ्क्रमित भएको बताएको छ । यो सङ्ख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो ।

प्रतिक्रिया दिनुहोस्