चोरीको सामान किन्दा लोकले थाहा नपाउनेगरी किन्नू, थाहा पाइहाले ‘विष्णु-विष्णु’ जप्नू : गगन थापा

काठमाडौं, ०६ फागुन । नेपाली काँग्रेसका नेता/ सांसद गगन कुमार थापाले बालुवाटार जग्गा प्रकरणमा संसदमै व्यंग्य गर्दै सरकार लाइ चोरीको समान नकिन्न सुझाव दिएका छन् । यदि चोरीको सामान किनि हाले लोकले थाहा नपाउने गरी किन्नु, यदि थाहा पाइहालेपछि होइन होइन भन्नू भन्दै उनले सरकार र सत्तारूढ नेकपा नेताहरू (विशेषगरी विष्णु पाैडेल) तर्फ व्यङ्ग्यवाण हानेका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थाापाले भने, ‘अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, यदि थाहा पाइहालेमा उनीहरूकाे चित्त बुझाउन नसकेर अप्ठ्यारोमा पनि पर्नेभो र सामान फर्काउनू । अनि हत्त पत्त दुइपटक विष्णु-विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझएनन् भने गोकुल धाममा गएर खड्क उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू, त्यसको प्रभावले तिम्रो-हाम्रो लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् ।’

बालुवाटारस्थित ललिता निवासकाे सरकारी जग्गा व्यक्तिकाे हाल्ने काण्डमा नेकपा महासचिव विष्णु पाैडेलसमेत मुछिएका थिए । तर अख्तियार उनका छाेराकाे नाउँमा किनिएकाे साे सरकारी जग्गा फिर्ता गर्न मन्जुर भएकाे भन्दै प्रतिवादी बनाउन उपयुक्त नदेखिएकाे बताएकाे थियाे । जबकि साे काण्डमा मुछिएका भूमाफिया र पूर्वमन्त्रीसहित १७५ जना विरूद्ध भने अख्तियारले मुद्दा चलाएकाे छ । साेही प्रसंगमा नेता थापाले सरकार र नेकपा नेताप्रति संसदमा व्यंग्य गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्