अर्काको घरमा ब’म राख्ने सेनाका पूर्वहवल्दार प’क्राउ

काठमाडौं:ललितपुरको गोदावरी नगरपालिका-५ स्थित लेलेको एक घरमा ग्रि’नेड हाल्ने सेनाका पूर्वहवल्दार प’क्राउ परेका छन्। सोमबार बिहान करिब ७ बजे लेलेका शुकराम मिजारको घरमा ग्रि’नेड ब’म भेटिएको थियो। मिजारको घरमा लेलेका स्थानीय ४१ वर्षिय सेनाका पूर्वहवल्दार राजन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त चापागाँउका डिएसपी कृष्णराज ओझाले बताए।

प्रहरीले सोमबार राति उनलाई सोध पुछका लागि कार्यालयमा ल्याएको थिए । मंगलबार बिहान भने उनले मिजारको घरमा ब’म राखेको स्वीकारेको डिएसपी ओझाले बताए । ‘किन राखेको भन्ने खुलेको छैन, उनी आफैंले ब’म राखेको स्वीकारेका हुन्,’ डिएसपी ओझाले भने,’उनीहरूको म’नमुटाव भएको पनि देखिन्छ।’ प्रहरीले घटनाबारे थप अनुन्धान भइरहेको जनाएको छ।

सेनाको डिस्पोजल टोलीले ब’म डि’स्पोज गरिसकेको छ। ब’म किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको ओझाले जानकारी दिए। सोमबार बिहान सात बजे नवनिर्मित दुई तले घरको पहिलो तलाको बरण्डामा ब’म देखेपछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए । ललितपुरको गोदावरी नगरपालिकास्थित लेलेमा ब’म फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्