रिक्सा चालककी छोरीको क’न्यादानमा पाहुना बनेर गए मोदी

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो समय पनि उनी चर्चामै छन् । चर्चामा यसकारण छन् कि उनले एक रिक्सा चालकलाई भेटेका छन् । मोदीले रिक्सा चालकलाई भेटेको विषयले यति खेर भारतीय मिडिया मात्र नभइ सामाजिक सञ्जाल समेत तताएको छ ।

रिक्सा चालकसँग हात मिलाउँदै गरेको उनको एक तस्वीर निकै भाइरल भइरहेको छ। वाराणसीमा प्रधानमन्त्री मोदीले रिक्सा चालक मंगल केवटलाई भेटेका हुन्। काशीको रिक्सा चालकले आफ्नी छोरीको विवाहमा मोदीलाई निमन्त्रणा दिएका थिए। आफूलाई दिएको निम्तो स्वीकार्दै मोदीले रिक्सा चालकलाई भेटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

मोदीले केवटसँग केहीबेर कुराकानी गरेको र परिवारको हालखबर सोधेका थिए, –भारतीय मिडियाले लेखेको छ । प्रधानमन्त्री कार्यालयमा नै पुगेर आफ्नी छोरीको विवाहमा निम्तो कार्ड दिएपछि मोदीले केवटलाई भेटेका हुन् । उनले विवाहित जोडीलाई शुभकामना समेत दिएका छन् । स्मरण रहोस्, भारतीय प्रधानमन्त्री मोदी वाराणसीबाटै निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्