पूर्वसभामुख कृष्णबहादुर महरा : जसले जे’ल पुर्‍याइन्, उनैले छुटाइन्

काठमाडौं: ‘मलाई न्याय प्रदान गर्ने सम्मानित अदालत प्रति कृतज्ञता प्रकट गर्दछु, का’रागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने सबैमा धन्यवाद!’ डिल्लीबजार सदरखोर कारागारका सुरक्षाकर्मी र कै’दीहरुसँग विदा भएर आफूलाई लिन पुगेका नेता–कार्यकर्ताको साथ लाग्दै पूर्वसभामुख कृष्णबहादुर महराले भने।

काठमाडौ जिल्ला अदालतले सोमबार सफाइ दिएपछि महरालाई रि’हाइका लागि कागजी प्रक्रिया मिलाउन डिल्लीबजार का’रागार पुर्‍याइएका थिए । झण्डै डेढ घण्टा लगाएर कै’दीहरुबाट औपचारिक विदाई ग्रहण गरेका उनले जे’लभित्रै नेकपाका नेताहरुको बधाई पनि पाए। १३५ दिन थुनामा रहेका रि’हा भएपछि पत्रकारहरुलाई कुनै प्रतिक्रिया नदिई रातो रंगको कार चढेर निवास ललितपुरतर्फ लागे।

‘महरामाथि माग दाबी गरिएको प्रमाण पुगेन मुद्दामा सफाइ दिएको छ,’ फैसला सुन्ने बित्तिकै महराले लामो सास फेरे। एकछिन केही बोल्नै सकेनन्। उनलाई त्यति बेलासम्म घेरेर बसेकाहरु कोही हर्षका आँसु बगाउन थाले। धेरैजनाले भने फोनबाट ‘महरा सर’ले सफाइ पाएको सन्देश सुनाइरहेका थिए। फैसलालगत्तै उनलाई बधाई दिनेको घुँइचो लाग्यो।

प्रहरीले उनलाई अदालतबाट बाहिर ल्यायो र सेतो रंगको गाडीमा राखेर सदरखोर डिल्लीबजार पुर्‍यायो। संसद् सचिवालयमा कार्यरत रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए। उनै शाहीको इन्कारी बयान नै महरालाई सफाइ दिने प्रमुख आधार बन्यो।

महराको मु’द्दामा बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले फै’सलामा जा’हेरीवाला शाहीले दिएको इ’न्कारी बयानलाई प्रमुख आधार बनाइएको बताए। ‘जाहेरीवाला (रोशनी शाही)ले अदालतमा उपस्थित भएर इन्कारी बयान दिनु भयो,’ श्रेष्ठले भने, ‘प्रहरीले नौ घण्टा आफूलाई राखेर जाहेरी दिएको र महराले आफू माथि कुनै दु’र्व्यवहार नगरेको बताइन्। उनको यही भनाइलाई अदालतले सफाइ दिनुपर्ने प्रमुख आधारका रुपमा लिएको छ।’

प्रतिक्रिया दिनुहोस्