लन्डनको सबवेमा मुसाको फाइट, फोटोले पायो ‘वाइल्ड लाइफ अवार्ड’

एजेन्सी : मुसाले साँच्चै बक्सिङ खेले कस्तो देखिन्छ होला ? धेरै कल्पना नगर्नुस् फोटोग्राफर साम रोलीले त्यो बक्सिङ आफ्नो क्यामेरामा कैद गरिसकेका छन् । उनले पाँच रातसम्म लगाएर खिचेको उक्त फोटोको अहिले चर्चा चुलिएको छ। चर्चामात्र होइन त्यही फोटोका लागि उनले यस वर्षको वाइल्डलाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड जितेका छन्।

सबवेमा खानाका लागि दुई मुसा आपसमा लडिरहेको तस्बिरमा देखिन्छ। यस्तो लाग्छ उनीहरू मान्छेले जस्तै बक्सिङ खेलिरहेका छन् । हजारौं मानिस आवात जावात गर्ने सबवेमा मुसाको फोटो खिच्न रोलीले पाँच रात बिताएका थिए । पाँचौ रातमा रोलीले दुई मुसा खानाको लागि दौडिरहेको देखे। क्यामेरा निकालेर फोटो खिच्न थाले।

त्यसैबेला दुई मुसा झ’गडा गर्दै गरेको एक रोचक तस्विर आफ्नो क्यामेरामा कैद गर्न सफल भए । रोलीले अन्य ४८ हजार तस्बिरलाई पछि पार्दै २८ हजार भोटबाट अवार्ड जितेका हुन् । उक्त प्रतियोगिता लन्डनको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गरेको थियो। रोलीको तस्विर उक्त म्युजियमा ३१मेसम्म राखिनेछ।

प्रतिक्रिया दिनुहोस्