प्रजातन्त्र टाठाबाठाका निमित्त मात्रै हैन सबै जनता, सिंगो देशका निम्ति हुनु पर्दछ- पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ : प्रजातन्त्र दिवसको उपलक्ष्यमा पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र रक्षाको लागि सबै लाई जुट्न आग्रह गरेका छन्। प्रजातन्त्र स्थापनाका लागि तत्कालिन राजा त्रिभुवनको योगदानको प्रशंसा गर्दै उनले आफ्ना जिजु बाजे त्रिभुवनलाई ‘प्रजातन्त्रदाता’ भनेर सम्वोधन समेत गरे । ज्ञानेन्द्र शाहले प्रजातन्त्र शब्दमा मात्रै नभएर व्यवहारमा देखिनुपर्ने बताएका छन् ।’

प्रजातन्त्र शब्दमा हैन कर्ममा उत्रनु पर्दछ । रुपमा हैन सारमा झल्कनु पर्दछ । प्रजातन्त्र कुनै अलंकार नामान्तर वा रुपान्तरण मात्र हैन त्यो जीवनपद्धति र व्यवहारमा देखिनुपर्दछ’ ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले उल्लेख गरेका छन्, ‘हामी देश दर्शन र विभिन्न वैदेशिक भ्रमणमा जान्छौँ त्यहाँ प्राय सुन्ने बुझ्ने गर्छौँ नेपालमा प्रजातन्त्र जनजीवनको उत्थानमा उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।

केही टाठाबाठाका निमित्त मात्रै हैन केहीको आर्थिक स्वार्थका लागि मात्र हैन प्रजातन्त्र सबै जनता,सिंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ ।’वर्तमान राजनीतिक दललाई संकेत गर्दै ज्ञानेन्द्रले सबैलाई जिम्मेवार हुन पनि आग्रह गरेका छन्।साथै नेपालको भौगोलिक सामाजिक सांस्कृतिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्न पनि सुझाव दिएका छन् ।

‘यस अवसरमा हामी भन्दछौँ हामीले हाम्रो इतिहास नभुलौँ । वर्तमानलाई नबिर्सौँ, भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली प्रजातन्त्रिक ध’र्मको निर्वाह गरौँ । श्री पशुपति नाथले हामी सबैको र’क्षा गरुन्,’ विज्ञप्तिमा लेखिएको छ। पूर्वराजा शाह यति बेला भारत भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्