मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पतालमा

काठमान्डौ : प्रधानमन्त्री केपी शर्मा ओली अ’स्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन का’र्डियो थारासिक भा’स्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।अस्पताल स्रोतका अनुसार उनको मुटुको ए’न्जिओग्राफी गरिएको छ।

‘उपचार प्रक्रिया अगाडि बढेको छ’ अस्पताल स्रोतले भन्यो, ‘अहिले उहाँको मुटुको ए’न्जिओग्राफीमात्र गरेका छौं।’ अहिले प्रधानमन्त्री ओलीको सेन्टरको क्या’थ ल्या’बमा स्वास्थ्य प’रीक्षण भइरहेको छ। यस अघि ओली डा’यलासिसका लागि मनमोहन से’न्टरमा निरन्तर जाने गरेका थिए। सेन्टरका एक चिकित्सिकले यस पटक प्रधानमन्त्री ओली डा’यलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिए।

प्रधानमन्त्री ओली मि’र्गौलाको ख’राबीका कारण केही स’मययता नि’यमित डा’यलासिस गराउँदै आएका छन्। प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डा’यलायसिस गरिएको थियो। दुवै मिर्गौला फे’ल हुँदा सातामा दुई वा तीन पटक डा’यलासिस गर्नु पर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मि’र्गौलाको का’र्यक्षमतामा पूर्ण ह्रा’स नआइसकेका कारण अ’सहज म’हसुस भए मात्र डा’यलासिस गरिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्