कालापानी सीमावर्ती क्षेत्रमा सैनिक ब्या’रेक राख्न स्थानीय जनप्रतिनिधिको माग

काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पश्चिम नेपालका जनप्रतिनिधिहरू विवादित कालापानी क्षेत्र नजिकै नेपाली सेनाको ब्यारेक स्थापना गर्न माग गरेका छन्। सोमवार उपप्रधान मन्त्री तथा रक्षामन्त्री पोखरेलले कालापानी नजिकैको व्यास क्षेत्रको हवाई निरीक्षण गरेको बताइएको छ।

पोखरेल हेलिकोप्टरमा उक्त क्षेत्रमा गए पनि सशस्त्र प्रहरीको चौकी स्थापना गर्ने भनिएको छाँगरुमा अवतरण गर्न नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले बताए । सरकारले कालापानी क्षेत्र नजिकै पर्ने छाँगरुमा सशस्त्र प्रहरीको सीमा सुरक्षा क्याम्प राख्ने तयारी अगाडि बढाएको छ। टोलीमा रहेका प्रदेश सभाका एक सांसदले लामो समय देखि भारतीय सुरक्षा फौज बसिरहेको वि’वादित कालापानी क्षेत्रतर्फ भने रक्षामन्त्री सवार हेलिकोप्टर नगएको बताए।

मन्त्री पोखरेलले भारतले आफ्नो नक्सामा कालापानी क्षेत्रलाई राखेको नेपाली भूभाग फिर्ता गराउन कूटनीतिक पहल अघि बढाएको र त्यो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएको स्थानीय प्रशासक र राजनीतिकर्मीले बताएका छन्। स्थानीय जनप्रतिनिधिहरूले रक्षामन्त्री पोखरेलसँग मन्त्रिपरिषद्को निर्णय बमोजिम छाँगरुमा सशस्त्र सीमा चौकीको स्थापना र खलङ्गादेखि तिङ्करसम्म जोड्ने सडक खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने विषयमा पनि छलफल गरेका थिए। बीबीसीवाट

प्रतिक्रिया दिनुहोस्