स्याङ्जामा घट्यो च’कित पार्ने यस्तो अच्चमको घ’टना, २ जना प’क्राउ

काठमाडौं । भैँसी चो’री गरेको आ’रोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई प’क्राउ गरेको छ। उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार ‘पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चो’री भएको थियो । पी’डित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । यस क्रममा अलि द्वयलाई जिपसहित प’क्राउ गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभयो । चो’री कार्यमा सं’लग्नलाई जिल्ला अदालतमा म्याद थपी अ’नुसन्धान थालिएको जनाएको छ । चो’री गर्ने व्यक्तिलाई कडा भन्दा कडा का’रवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्