५ छोरीको काँधमा बुवाको पा’र्थिव शरीर, श्रीमतीले दिइन् दा’गबत्ती

जनकपुर । धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृ’त्युपछि चितामा दा’गबत्ती दिएकी छन्। सबैला नगरपालिका– २ बस्ने ६५ वर्षीय रामनारायण यादवको नि’धन भएपछि छोरीहरुले नै काँधमा बोकेर श’वलाई मसा’नघाट सम्म लगेको थिए भने ६२ वर्षीय पत्नी रवियादेवीले दा’गबत्ती दिइन् ।

मृ’तक रामनारायण यादवका ५ छोरी छन् । जेठी नेतुर देवी यादव, माहिली राजो देवी यादव, साहिली प्रमिला देवी यादव, काइली अनिता देवी यादव र कान्छी गोर्की यादवले बुवाको श’वलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको म’सान घा’टसम्म काँधमा बोकेर लगेका थिए । घा’टमा पुगेपछि चि’तामा राखिएको श’वलाई ६२ वर्षीया रवियादेवी यादवले दा’गबत्ती दिएकी थिइन् ।

तराई मधेसमा यस प्रकारका सामाजिक संस्कारमा छोरा नै चाहिने परम्परा छ । छोरा नभएका कारण राम नारायणको श’व छोरीहरुले बोकेर घा’टसम्म लगेका हुन् भने दा’गबत्ती पत्नीले दिएकी हुन् । सबैला नगर पालिका वडा नम्बर २ बस्ने जगत साहले मृ’तक यादव प्रत्येक दिन बिहान उठेर सीताराम जप्दै गाउँ घुम्ने र साँझमा दूर्गा मन्दिरमा पूजापाठ एवं आरती गर्ने गरेको बताए ।

उनका छोरी र पत्नीले गरेको कार्यको प्रशंसा नै जगतले भने, ‘समाजमा परिवर्तन देखापर्नु समय परिस्थिति अनुसार सही हो ।’ रामनारायणलाई श्र’द्वाञ्जली दिन गएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्द प्रसाद ढुंगानाले पहाडतिरका महिलाहरु क्रियाकर्म मा बसेको देखिए पनि पा’र्थिव शरीरलाई काँ’धमै बोकेर पाँच किलोमिटरसम्म पुर्‍याएको पहिलो पटक आफूले देखेको बताए ।

प्रतिक्रिया दिनुहोस्