८० किलो १० फिट अग्लो खुकुरी

कमल खत्री, बेनी : पर्वत जलजला गाउँपालिका –२ मल्लाज माझफाँटका दुर्गा बहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो ।असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा पदर्शनीमा राखिएको छ । उहाँले माझ फाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आउनु भएको छ । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिनुभयो ।

महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ। “तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपाल मा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भन्नुभयो ।

उहाँका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खु’कुरीलाई बिक्री गर्ने योजना बना एको जानकारी दिनु भयो । पुख्र्यौली रूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसी लगायतका ह’तियारसँगै फलामका भाँडा समेत बनाउँदै आउनु भएको छ। उहाँले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हा’त ह’तियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राख्नु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्