मन्त्री बाँस्कोटाको प्रश्‍न : सरकारका राम्रा काम किन कसैले देख्दैनन् ?

महेन्द्रनगर : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको आ’लोचना मात्रै भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बुधबार महेन्द्र नगरमा कञ्चनपुर पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारले गरेका राम्रा काम कसैले देख्न नसकेको बताए।

उद्योगी व्यवसायीहरुले निजी क्षेत्र असन्तुष्ट रहेको जनाए पछि मन्त्री बाँस्कोटा निजी क्षेत्रप्रति खनिएका थिए। निजी क्षेत्र खुब सन्तुष्ट भएको बेलामा व्यापार घाटा र सन्तुलनको अवस्था यो देशमा कस्तो थियो? उनले प्रश्न गरे । ‘ईतिहासमा यही सरकारको पालामा हो, ४ प्रतिशत निर्यात बढेको छ, निजी क्षेत्र किन असन्तुष्ट? उनले प्रश्न गरे ‘यही सरकारले लगानी सम्मेलन गरेको छ निजी क्षेत्र किन असन्तुष्ट ?

यही सरकारले लगानीको सुरक्षको निम्ति कानुन ल्यायो निजी क्षेत्र किन असन्तुष्ट? विधि बनाएका छौ नीति बनाएका छौ निजी क्षेत्र किन असन्तुष्ट?’ मन्त्री बाँस्कोटाले उद्योग खोल्नको लागि सरकारले धेरै कुरामा सहुलियत दिने बताउँदै व्यापार र विनिमय गरे सरकार ले कर लिनैपर्ने तर्क गरे। उनले निजी क्षेत्रले काम नगर्ने र सरकारलाई मात्रै दोष लगाउने गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्