सैनिक शा’सनको माग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज : प्रजातन्त्र दिवसको अवसरमा सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ । नेपाल राष्ट्रवाद संघको नामबाट निकालिएको ¥यालीमा राजतन्त्रसँगै सैनिक शा’सनको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सह-भागीले राजसंस्था पुनर्स्थापना गर्दै सैनिक शासन लागु गर्नु पर्ने माग गरेका थिए । साथै उनीहरुले राजनीतिक दल वि’रुद्ध नारावाजी समेत गरे।

घण्टाघर चोकमा आयोजित समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलका कारण भ्र’ष्टचार र लु’ट बढेको आ’रोप लगाए । मुलुकमा विद्यमान बेथीती र अ’राजकतालाई ठेगान लगाउनका लागि एक मात्र विकल्प सैनिक शा’सन भएको उनले बताए। कार्यक्रममा सहभागी अन्यले पनि अहिलेको शासन प्रणालीबाट आजित नेपाली जनताले मुलुकमा रा’जतन्त्र नै चाहेको जि’किर गरे ।

उनले मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्ने र देशमा सैनिक शासन लागु हुनुपर्ने बताए। उनले भने, “दलका नेताहरुकै कारण मुलुक ब’र्बाद भएको छ, अहिलेको राजनीतिक व्यवस्थाका कारण जनता आ’जीत भएका छन्, त्यसैले यो मुलुकलाई जोगाउन राज तन्त्र फर्कनै पर्छ, देशमा सैनिक शासन लागु हुनै पर्छ ।”

प्रतिक्रिया दिनुहोस्