संचारमन्त्री बास्कोटाको अडियो बाहिरिएसँगै बाबुराम भट्टराईले दिए यस्तो कडा प्रतिक्रिया !

काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७०करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी वि’रोध भएको छ। सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ।

समाचार बाहिरिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरुको आङ्गमा जुम्रा खोज्नुभन्दा पहिले आफ्नो आङ्गमा भैसी हेर्नुपर्ने बताएका छन्। मन्त्री बास्कोटाको २ मिनेट ३४ सेकेन्डको अडियो सहितको समाचार आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै डा. भट्टराई ले भनेका छन्, “अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम ज्यू !

यही हो “भ्र’ष्टाचार गर्दिनँ र भ्र’ष्टाचार गर्न पनि दिन्नँ” भनेको ? प्रधानमन्त्री ज्यु, यही हो ‘भ्र’ष्टाचार गर्दिनँ र भ्र’ष्टाचार गर्न पनि दिन्नँ’ भनेको?” उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिका रीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्