दाजु-भाउजु एचआईभी सं’क्रमित, भाइको परिवारै अ’पाङ्ग

बझाङ, ८ फागुन । उमेरले ७० टेक्न लागेका गम्भिरेका दुइ छोरा, दुई बुहारी अनि पाँच नाती नातिनी छन् । उमेरले डाँडो काट्नै लाग्दा छोरा बुहारी र नाती नातिनाको स्याहार सुसार पाउनु पर्ने हो उनले, तर अवस्था ठिक विपरित छ । उल्टै उनले छोरा बुहारी र नातीहरुको स्याहार गर्नु पर्ने बाध्यता छ । केदारस्युँ गाउँपालिका १, चौडामका गम्भिरे दमाईका जेठा छोरा र बुहारी एचआईभीको संक्रमणले थलिएका छन् ।

कान्छा छोरा बुहारी सहित नातीहरु पूर्ण रुपमा अपांग छन् । जेठा छोरा अर्जुन र बुहारी जला दमाई एचआईभीको सं’क्रमणले थला परेको दश बर्ष हुन थाल्यो। जेठा छोरा पट्टीका एक नाती कमा उनका लागि भारत गएरको बर्षौ भयो तर उनी घर फर्केका छैनन । कान्छा छोरा भुमी दमाई जन्मजात सुस्त छन । बुहारी हरुदेवी दमाईको खुट्टा चल्दैन । प्रकृतीको लिला पनि कस्तो ? भुमी दम्पतीबाट जन्मेका दुबै छोरा पनि अपांग नै छन् ।

जेठो छोरा नौ वर्ष पुगे उनी चार हात खुट्टाको सहाराले हिडडुल गर्छन । कान्छो पाँच वर्षिय छोराको अवस्था पनि उस्तै छ। ‘भगवानले पनि दु’खीलाई नै बढी सताउने रहेछ’ गम्भिरे भन्छन ‘छोरा नातीबाट स्याहार पाउनु पर्ने उमेरमा उनि हरुको स्याहार गर्नु पर्ने बाध्य ता रहेको बताउन्छन् । म पनि केही गरी थला परे भने सबै जना भोक भोकै मर्ने पक्का छ । आफ्नो उमेर ढल्कीदै गर्दा छोरा बुहारी र नातीहरुको चिन्ताले मरीतुल्य भएको उनले आँखा भरि आँसु पार्दै बताए । यो खबर आजको राजधानी दैनिक मा छ ।

प्रतिक्रिया दिनुहोस्