एडभेन्चर बाइकको भि’डमा अमेरिकी कम्पनीको डिएस आर २००, मूल्य अनुसारको स्टाइल

काठमाडौं । अमेरिकी कम्पनी यूनाईटेड मोटर्स (यूएम)को एडभेन्चर मोटरसाइकल डिएसआर २०० नेपाली बजारमा वितग ३ वर्षदेखि बिक्री वितरण हुँदै आएको छ । आइएमई अटोमोटिभले नेपालमा यो मोटर साइकललाई बिक्री वितरण गर्दै आइरहेको छ । यद्यपी यो ब्राण्डले नेपाली बजारमा राम्रो बजार समाउन सकिरहेको छैन ।

डिएसआर एडभेन्चरमा १९६ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १५ बीएच पावर र ६५०० आरपीएममा १६ एनएम टर्क प्रदान गर्छ । यस मोटरसाइकलमा ६ स्पीड गियरबक्स दिइएको छ । यो मोटर साइ कलमा टिपिकल एडभेन्चर सुहाउँदो अगाडिको ब्रेकिङ सिस्टम दिइएको छ भने, अन रोड र अफरोड दुबै बाटोको लागि उपयुक्त डियुल प्रपोर्ज टायर दिएको छ ।

कच्ची बाटो र लामो यात्राको लागि सहजता प्रदान गर्न स्टायडर्ड इन्जिन बुस प्लेट सस्पेन्सन दिइएको छ । यसमा अगाडि १९ र पछाडि १७ इन्चको स्पोक ह्वीलमा दुबै चक्कामा डिस्क ब्रेक प्रदान गरिएको छ । यसमा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ ।

यो बाइकको लम्बाई २११० एमएम, चौडाई ८१० एमएम र उचाई ११३० एमएम रहेको छ भने ह्वील वेस १३३० एमएम रहेको छ । यो मोटर साइकलको कुल तौल १४४ किलोग्राम रहेको छ । यसलाई कम्पनीले ४ लाख रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गर्दै आइरहेको छ । मेरो अटोवाट

प्रतिक्रिया दिनुहोस्