कञ्चनपुर । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिएका छन् । कञ्चनपुरमा रहेका मन्त्री बास्कोटाले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताए ।
यसबारे विस्तृतमा काठमाडौं पुगेर बताउने जानकारी दिए । व्यक्तिमाथि आरोप लाग्दा त्यसको असर स्वयम व्यक्तिलाई पर्ने भन्दै उनले जसले गल्ती गरेको हो सोही व्यक्ति जाने भएकाले पार्टी त्यसमा दोषी नहुने बताए। बामपन्थी सरकारलाई बदनाम गराउन चौबिसै घण्टा लाग्नेहरु रहेको भन्दै उनले अडियो प्रकरण पनि त्यसकै निरन्तरता भएको बताए ।
मन्त्री बास्कोटा बिही बार बेलौरी र पुनर्वासको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री बाँस्कोटाले बार्गेनिक गरेको अडियो नै प्रमाणित भएकाले बर्खास्त गर्न माग गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्