सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न कांग्रेसकाे माग

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका छन। सेक्युरिटी प्रेस खरिदकाे बिषयमा ७० कराेड कमिसनकाे कुरा भएकाे अडियाे सार्वजनिक भएसंगै मन्त्री बास्कोटाकाे वियषले विभिन्न् संचार माध्यममा स्थान पाएकाे छ भने सामाजिक संजालहरूमा निकै अालाेचना समेत भएकाे छ ।

याे संगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो । यस पहिले नै प्रेश काउन्सिल विधेयककाे बिषयमा समेच धेरैले फरक मत राखेका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनि’यमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । प्रेस खरिद अनियमितता पुष्टि भएकाले यस बारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका छन्

‘७० क’रोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरा माार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । अडियो बाहिरिएसंगै मन्त्री बासकोटाको सर्वत्र अालाेचना भएको छ

प्रतिक्रिया दिनुहोस्