‘माग्नेबुढा’को व्यङ्ग्य : ‘७० करोड माग्दा सय करोड मागेझैं गर्नी ? हेप्नी ?’

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड डिल गरेको अडियो सार्वजनिक भएको प्रसंगमा हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले सांकेतिक रुपमा व्यङग्य गरेका छन् । ‘माग्नेबुढा’ले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् –‘७० करोड माग्या, कत्तिन १ सय करोड माग्या झै गर्छन्। ७० भनेको १ सय पुग्न ३० कम हो भन्ने थाहा छ की छैन ? हेप्नी ?’

यसअघि कलाकार दीपकराज गिरी, मनोज गजुरेलले समेत यस विषयमा फेसबुकमा व्यङग्य गरेका छन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सन्दर्भमा बिचौलियासँग कमसिनको कुरा गरेको अडियो बुधबार राति सार्वजनिक भएको छ । उक्त अडियो सहित विभिन्न सञ्चार माध्यममा समाचार बाहिरिएसँगै मन्त्रीको चौतर्फी वि’रोध भईरहेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा क’मिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटा राजीनामाको दबाबमा परेका छन् । उनलाई सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फबाट राजी नामाको दबाब बढेको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बाँस्कोटालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्