सञ्‍चारमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय सभा अवरुद्ध

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । राष्ट्रिय सभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका छन्। यो घटनबारे अबिलम्ब गर्न छानविन समिति गठन गर्नुपर्ने उनको माग छ।

यो विषयको टुंगो नलागेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने उनले चेतावनी समेत दिएका छन् । ‘यो सरकार स्थापना भएदेखि प्रधानमन्त्रीले बारम्बार यो मुलुकमा म भ्रष्टाचार हुन दिन्न र आफू पनि भ्रष्टाचार गर्दिन भन्दै आउनु भएको छ, उनले भने, तर संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वीस कम्पनीबीच भएको संवादको अडियो सार्वजनिक भएको छ,यसमा नेपाली कांग्रेस चुप लागेर बस्न सक्दैन।’

उनले ७० देखि ८० करोडसम्म कमिसन आउने र त्यो कमिसनको ५५ करोड संचारमन्त्रीले लिने अडियोमा रहेको बताउँदै भने,’ उहाँजस्तो व्यक्तिले भ्रष्टाचार र कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन । यो ग’म्भीर विषयमा सरकार चुप लागेर बस्नुहुँदैन र नेपाली कांग्रेस पनि चुप लागेर बस्दैन।’ अबिलम्ब सूचनामन्त्री ब’र्खास्त गर्नुपर्ने, तुरुन्त छानविन समिति गठन गर्नुपर्ने र घटना बारेमा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग राखे।

लगतै कांग्रेस सांसद आ-आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गरेका छन् । अब अर्को बैठक फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग सञ्चार मन्त्री बास्कोटाले कमिसनबारे गरेको विवा दास्पद अडियो सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्