सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा राजीनामा

काठमाडौं : संचारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन्। आज बसेको प्रति निधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्री बास्कोटाले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र सेक्युरिटी प्रेस कमिसनमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग उठेको थियो। मन्त्री बाँस्कोटाको अडिओ परीक्षण हुन समय लाग्ला। यसै उहाँलाई दोष देखाउन पनि मिलेन’ पूर्वएमाले नेताले भने, ’छानविनका लागि सघाउन मन्त्रीले राजीनामा दिनुपर्छ।

त्यसका लागि उहाँले प्रधानमन्त्रीको आदेशसमेत कुर्नु पर्दैन।’ उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सञ्चा रमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए। नेकपाका अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेलले सरकारले मन्त्री बाँस्कोटा माथि छानबिन गर्नुपर्ने माग गरे।’ अहिले नै उहाँलाई के गर्नुपर्छ भनेर मैले भन्न सक्दिनँ’ गजुरेलले भने,’विवादास्पद अडिओमा भने अनुसार हो कि होइन भनेर सरकारले मन्त्रीसँग स्पष्टिकरण लिएर अगाडि बढ्नुपर्छ।’

नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पनि सञ्चार मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्। फेसबुकमा स्टाटसमा लेखेका छन्- सञ्चार मन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ। यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दल र नेताहरूले मन्त्री बाँस्कोटाले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने माग गरेका थिए। कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने भन्दै बिहीबारको राष्ट्रिय सभा बैठक पनि अव रोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्