सियोल।दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन्। उनले कोरोना वि’रुद्ध ल’ड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन्। दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको स’ङ्क्रमण देखिएको थियो ।
टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरे । कोरियाली सङ्क्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामी मध्ये २८ जना हालै मात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ । उक्त चर्चमा एक जना कोरोना सङ्क्रमित व्यक्ति पनि सहभागी भएका थिए ।
केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना स’ङ्क्रमण देखिएको थियो। बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु स’ङ्क्रमित भएको जनाएको थियो । तीमध्ये ११ जना तिनै महिला सह भागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए वा अस्पतालमा ती महिलाबाट अरुमा सङ्क्रमण भएको थियो । दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको स’ङ्क्रमण देखिएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना जीवाणुको थप स’ङ्क्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताउनु भएको थियो। कोरोना जीवाणुको स’ङ्क्रमण बढ्न थालेसँगै डाइगु नगरका सड कहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । एपी
प्रतिक्रिया दिनुहोस्