बालकोटस्थित ओलीको घरमा शुभचिन्तकलाई के भने बाँस्कोटाले ?

काठमाडौं। कार्भेबाट नेकपाका सांसद गोकुल बाँस्कोटाले बिहीबार घु’स प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका छन्। राजीनमा दिएपछि भक्तपुरको बालकोट स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी घरमा बस्दै आएका बाँस्कोटाले आफ्ना शुभचिन्तकहरुसँग आफ्नो दुःख ढुक्कसँग पोखेका छन्।

उनले त्यहाँ आफ्ना शुभचिन्तक हरुसँग ‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो। यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ।

मेरा बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाको राजीनामापछि रिक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन्। त्यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन्। तस्वीर : प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्