‘बरु प्रधानमन्त्री पद धरापमा परोस्, तर भ्रष्टहरुलाई संरक्षण गर्दिनँ’ – प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्र’ष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताउनु भएको छ। काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पदमा पुर्‍याउनुको अर्थ लुट्न छुट नभएको भन्दै आफूले भ्र’ष्टाचार गर्ने को मुख नहेरी कारबाही गर्ने बताउनुभयो । भ्र’ष्टाचार प्रतिको शून्य सहनशीलता भन्ने मात्रै कुरा नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हि’च्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन्- तेरो पद ध’रापमा पर्ला नि भनेर, तर मलाई पद ध’रापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो।’ उन ले आफूलाई पद ध’राप पर्ने ध’म्कीसमेत आएकाे भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्र’ष्टाचार प्र’करण सार्वजनिक भएपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधान मन्त्रीले भ्र’ष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्