‘नेम्वाङ’को एक महिनामै देखिएको प्रगति, सरकारले सुरुवाती २० महिना खेर फालेछ

काठमाडौं : लो प्रोफाइलमा रहेर काम गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले एक महिनामै देखिने प्रगति गरेका छन् । मन्त्री भएलगत्तै काठमाडौंको खाल्डा खुल्डी पुर्न प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्न नेम्वाङ हरदिन फिल्डमै देखिएका छन् । अहिले काठमाडौंका धेरै सडकमा स्तरीय कालोपत्रे भएको छ । उनी आफैँ कालोपत्रे चेक गरिरहेका छन् ।

विकास र जलस्रोतमा विज्ञ रहेका नेम्वाङको कामको जनस्तरबाटै प्रशंसा भएको छ । पूर्वसचिव रामेश्वर खनालले नेम्वाङको कामको प्रशंसा गरेका छन। उनले पूर्वमन्त्री रघुवीर महासेठप्रति संकेत गर्दै भनेका छन्– भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै सरकारले सुरुवाती २० महिना खेर फालेछ,’ उनको भनाइ छ ।

मन्त्री नेम्वाङले मन्त्रालय भित्र अड्डा जमाएर बसेका केही उच्च अधिकारीलाई गरेको कार’बाहीको समेत प्रशंसा भएको छ । ‘भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै सरकारले सुरुवाती २० महिना खेर फालेछ । द्रष्टब्य यो टिप्पणी हाल सडक सुधारमा भएको बाह्य अवलोकनमा आधारित ।’ भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्त नेम्वाङको डेढ महिने कार्यकाल पूरा नहुँदै काममा देखिएको परिणाम तर्फ संकेत गर्दै पूर्व अर्थसचिव रामेश्वर खनालले लेख्नु भएको छ ।

उहाँको निश्कर्ष छ, नेकपाभित्र यस मन्त्रालयका लागि नेम्वाङ जस्ता कामयावी नेता हुँदाहुँदै रघुबीर महासेठलाई मन्त्री बनाएर २० महिना खेर पालिएछ । पूर्वसचिव खनालको यो अनुभुति जस्तै काममा परिणाम आउन थालेको अनुभुति गर्नेहरुछन । नेम्वाङको काम पछि पूर्वसचिव खनालकै भनाईलाई साथ दिएर होम ओझाले लेख्नुभएको छ, ‘हो जस्तो लाग्यो, मन्त्री फेरिएकै त्स्रो दिन बिहान घरबाट निक्लदा बल्खु टीयु गेट बाटो पिच भएको, अहिले त्यो पिच चोभार गेटसम्म पुगेको छ ।’

यी दुई घ’टनाले काठमाडौं उपत्यकामा सुधार भएको सडकको प्रतिबिम्बित गर्छ । अनि मन्त्री नेम्वाङको कामको पनि । डेढ महिना अघि सम्म सरकार र मन्त्रीलाई गाली गर्दै यात्रा गर्नेहरु अहिले साँच्चीकै काम हुँदो रहेछ भन्न थालेका हुन । जनताटाइम्स प्रतिनिधि चक्रपथदेखि बिभिन्न सडकको अनुगमनमा जाँदा यात्रुहरुमा पनि यस्तै अनुभुति देखियो । ‘एउटा मान्छेले पनि काममा कति फरक पार्दोरहेछ भन्ने प्रमाण यी सडकहरुमा देखिन थाल्यो,’

बुधवार बेलुकी त्रिपुरेश्वर कालीमाटी सडक खण्डमा मोटर साइकलमा यात्रा गरिरहेका यात्रुहरुको भनाई थियो । अत्यन्तै धुलो र खाल्डा खुल्डीमा यात्रा गर्ने बानी परिसकेका उनीहरु भन्दै थिए ‘मन्त्री फेरिन साथ यति राम्रो काम भयो, गर्नेलाई थोरै समय पनि काफी हुँदो रहेछ ।’ उनीहरु मात्रै होइन, उपत्यकाका सडकमा यात्रा गर्ने जोकोही आजभोलि सडक सुधार भएकोमा खुसी देखिन्छन ।

प्रतिक्रिया दिनुहोस्