दुईलाख घु’स सहित प्राविधिक प’क्राउ

सुर्खेत : दुईलाख रुपैयाँ घु’स सहित सुर्खेतमा एक कर्मचारी प’क्राउ परेका छन्। भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रबहादुर केसीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प’क्राउ गरेको हो । उप भोक्ता समितिसँग घु’स वापतको दुईलाख रुपैयाँ लिंदै गर्दा अख्तियारको टोलीले उनलाई बिहीवार साँझ नियन्त्रणमा लिएको हो।

भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ मा रहेको तल्लो बराहमा निर्माण भएको झोलुङ्गे पुलको बील भुक्तानी गराइ दिने भन्दै प्राविधिक केसीले उपभोक्ता समितिसँग घु’स मागेका थिए । सोही क्रममा उनलाई घु’स रकम सहित निय’न्त्रणमा लिइएको अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।

केसीले घुस रकम दिएमात्र पुल सम्पन्न भएको प्रतिवेदन तयार गर्ने र बील भुक्तानीमा पनि सहजिकरण गर्ने अडान लिएका थिए। त्यसपछि स्थानीय उपभोक्ताले अख्तियारको टोलीलाई खबर गरेका हुन् । घु’स सहित प’क्राउ परेका केसीलाई नि’यन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ। यस अघि गत माघ १० गते जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई पनि अख्तियारले वीरेन्द्रनगरमा आठलाख घुससहित प’क्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्