‘अडियो नै आइसक्यो, अब अख्तियारले उजुरी कुर्नु पर्दैन’

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले कमिशन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन अख्तियारले उजुरी कुर्नु नपर्ने बताएका छन्। अन्नपूर्ण अनलाइनसँग संक्षीप्त कुरामा उपाध्यायले भनेका छन्- ‘कमिशन डिलको अडियो सार्वजनिक भइसकेपछि मन्त्रीजीले छानबिनका लागि आफूलाई खुला राख्नुपर्छ र सघाउनु पर्छ ।’

उपाध्यायले अनुसन्धान निकायले पनि यस्तो विषय सार्वजनिक भएपछि तत्काल छानबिन अघि बढाउनुपर्ने बताए । उनले भने, ‘अब अनुसन्धान निकायले पनि आफ्नो प्रक्रिया तत्काल अघि बढाउनुपर्छ । नत्र प्रमाण लोप हुने खतरा हुन्छ ।’ उ’जुरी नपरे पनि अख्ति यारले यस्ता विषयको छानबिनमा ढिलाइ गर्न नहुने बताउँदै उनले भने, ‘यसरी सार्वजनिक रुपमा विषय आइसकेपछि उजुरी पर्नु पर्दैन।

सार्वजनिक रुपमा आएका विषयलाई नै आधार मानेर छानबिन अघि बढाउनसक्छ अख्तियारले। अडियोनै आइसक्यो, अब अख्तियारले उजुरी कुर्नु पर्दैन।’ उनले सार्वजनिक भएको अडियोको प्रमाणीकरण गर्नुपर्ने बताए । उपाध्यायको भनाइ छ, ‘जुन अडियो बाहिर आएको छ, त्यसलाई प्रमाणीकरण गरेर विस्तृत अनुसन्धान हुनुपर्छ।’ अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्