उपचार नपाउँदा अ’पांग बालक खोरमा ब’न्धक

काठमाडौं: छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोरनै संसार हो। उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्या नमा लगेर सुताइन्छ। उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबा÷हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्।

फर्कंदा बालक कपडामा दिसापिसाब गरेर खेलाइरहेका हुन्छन्। अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन्। वरपर घस्रिएर मात्रै पुग्न सक्छन्। खाना अर्कैले खुवाइदिनु पर्छ। स्मरण शक्ति कमजोर छ। ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए। जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन्।

घस्रिएर जहाँ पनि जान थालेपछि खोरमा थुन्नुपरेको दिलबहादुरले बताए। उनी चटपटे बेचेर परिवार चलाउँछन्। हजुरआमा इन्द्रमाया सामान्य काम गर्छिन्। सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया ऐलानी जग्गामा टहरो बनाएर बसेका छन् । टहरो स्थानीय बासिन्दाले बनाइदिएका हुन्। पानी खाने कल नारी विकास नामक संस्थाले गाडिदिएको छ।

राउत परिवार भोजपुरको दावाँबाट संखुवासभा खाँदबारीस्थित चेवा हुँदै २०३२ सालमा झापाको महारानी झोडा झरेको थियो। २०५७ सालमा इलामको लक्ष्मीपुर पुग्यो। चार वर्षदेखि बेलबारीमा बस्दै आएको यो परिवार गरिबीको चपेटामा छ। पैसा नहुँदा दिल बहादुरले नातिको उपचार गराउन सकेका छैनन्। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्