आरोप पुष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कै’द !

काठमाडौं : निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छा’पा मा’रिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

यस्तै उनले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सि’लबन्दी गरिएको अख्तियार स्रोतले जनाएको छ । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयोगले अध्ययन थालेको हो । अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिए।

आ’रोप पुष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कै’द हुनसक्ने अख्तियारले जनाएको छ। बाँस्कोटाको सम्पत्ति माथि पनि छा’नविन गर्न माग भएको छ। बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा अध्ययन थालेको हो । अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्