पोखरामा ड’रलाग्दो कार दु’र्घटना, एकको मृ’त्यु, ४ घा’इते

पोखरा : पोखरामा शुक्रबार कार दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटनमा उक्त दु’र्घटना हुँदा एक महिलाको मृ’त्यु भएको हो । कालीमाटीबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अ’नियन्त्रित भई दु’र्घटना हुँदा पोखरा महानगरपालिका– १७, बेलघारीकी २१ वर्षीया जमुना क्षत्रीको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

दु’र्घटनामा घा’इते भएका चार जनाको मणिपाल अस्पताल र नमस्ते हस्पिटल पोखरामा उपचार भैरहेको छ। प्रहरीले भने कार ती’व्र गतिका कारण अ’नियन्त्रित भई दु’र्घटना भएको बताएको छ । ‘चालकले मा’पसे गरेको आ’शंकामा मा’दक प’दार्थ (मा’पसे) जाँ’चका लागि अस्पताल पठाएका छौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख निरीक्षक सन्तोष रोकाले भने ।

दु’र्घटनामा अन्दाजी २०/२१ वर्षकी बिना मगर , डेढ वर्षीय बालक असिम मगर,साढे २ वर्षीया बालिका रिविका क्षेत्री र चालक शिव पाण्डे घा’इते भएको स्थानीयले जानकारी दिए ।कारमा पाँच जना यात्रु सवार थिए। कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्