विपन्न विद्यार्थीलाई झोला बाँडेर नेता खतिवडाले मनाए जन्मदिन

ओखलढुंगा । संविधान सभा सदस्य, पूर्व सांसद रामहरी खतिवडाले आफ्नो जन्म दिनको अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेका छन् । अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने ओखलढुंगा सदरमुकाममा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई खतिवडाले किताब बोक्ने झोला प्रदान गरेका हुन् । बालमन्दिरमा अध्ययनरत ४५ जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ ।

यहाँ अध्ययन गर्ने अधिकांश बाल बालिका विपन्न परिवारका रहेको विद्यालयले जनाएको छ। शैक्षिक विकासका लागि जन्म दिनको अवसरमा विद्यालय झोला उपलब्ध गराएको खतिवडाले बताएका छन। ‘सम्पन्न परिवारका छोराछोरीहरु निजी विद्यालयमा पढ्न जान्छन उनले भने, ‘यहाँ अधिकांश विपन्न परिवारका बालबालिका शिक्षा आर्जन गर्न आउछन्, उनीहरुको शैक्षिक विकासका लागि एकै प्रकारको झोला वितरण गरेको हुँ। यसले बालबालिकामा समानताको बोध गराउने छ ।’

यसका साथै पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता खतिवडाले विद्यालयलाई दुई थान ह्वाईट बोर्ड समेत उपलब्ध गराएका छन् । ‘विद्यालयमा ह्वा’ईट बोर्डको अभाव थियो, अब शिक्षण गर्न सहज हुने भयो,’ विद्यालयकी प्रधाना ध्यापक शोभा सैंजुले बताइन् ।

विद्यालयको भवन जीर्ण भएकाले नयाँ भवन र तारबारका लागि पहल गरिदिन प्रधानाध्यापक सैंजुले नेता खतिवडालाई आग्रह गरेकी छिन् । खतिवडाका प्रतिनिधी कोपिला श्रेष्ठमार्फत विद्यार्थी र विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्