‘ओलीका असली चेला’ को कमिसन का’ण्डले देश लज्जित भयो : विप्लव

काठमाडौं । प्र’तिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालले केपी ओली नेतृत्वको सरकार ब’र्खास्तीका लागि उत्रिन सबै अपिल गरेको छ । नेकपाका महासचिव विप्लवद्वारा जारी शुक्रबार एक विज्ञप्तिमा ओली नेतृत्वको सरकार देश का लागि अभिशाप भएको उल्लेख छ।

‘सेक्युरिटी मेसिन खरिद सम्बन्धी का’ण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७०करोड कमिसन घुस मागेको विषयले देश तरंगित भएको छ। केपी ओली सरकार देशका निम्ति अ’भिशाप भएको छ । देशको सुरक्षा संवेदन शीलतासँग जोडिएको मुद्दामा प्रधान मन्त्री ओलीका असली चेलाको यो का’ण्डले देश ल’ज्जित छ’ विज्ञप्तिमा भनिएको छ । विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रधानमन्त्री ओलीकै सं’लग्नता भएको आशङ्का गरेको छन् ।

‘ठूलो आकारको जहाज काण्ड आदिमा प्रम ओलीकै संलग्नता देखिन्छ। तसर्थ यस्तो भ्र’ष्ट क’मिसन खोर र रा’ष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रा’न्तिकारी, वा’मपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ ।’ ओली सरकार रा’ष्ट्रघात, जनघा’त र फाँ’सिवादमा चु’र्लुम्म डु’बेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्