श्रीमतीले लड्डु मात्र खान दिएको भन्दै स’म्बन्ध वि’च्छेद

एजेन्सी:स’म्बन्ध वि’च्छेद हुनुका विभिन्न कारणहरू हुनेगर्छ। श्री’मतीले लड्डु मात्र खान दिएको भनेर श्रीमानले स’म्बन्ध वि’च्छेदको निवेदन दिएको खबर सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका केवल ४ वटा लड्डु मात्र खान दिएकोमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्।

लड्डुका अलावा अन्य केही खानेकुरा नदिएको आरोप लगाउँदै श्रीमानले स’म्बन्ध वि’च्छेदका लागि निवेदन दिएको बताएका छन् । पतिका अनुसार अं’धवि’श्वास तथा तांत्रिकले भनेका कारण पत्नीले केवल बिहान ४वटा लड्डु तथा बेलुका ४ वटा लड्डु मात्र खान दिने गरेको र लड्डुका अलावा केही पनि खान नदिएको बताएका छन्।

पति केही समय पहिले बिमारी भएका कारण पत्नीले तां’त्रिकलाई देखाउँदा यदि सबै कुरा मनाउनु छ भने नियमित लड्डु ख्वाउन सल्लाह दिएदेखि यो सिलसिला जारी रहेको पतिले थपे । मेरठ फैमिली कोर्टका का’उंसलरका अनुसार, यो मामिला सुनेर आफूहरू पनि हैरान रहेको र आफूहरूले यी दुईलाई सुझावका लागि बोलाए पनि यिनीहरूको अ’न्ध विश्वासको उपचार गर्न नसक्ने बताएका छन्। दुवैको विवाह भएको १० वर्ष भइसकेको थियो। उनीहरूको तीनजना बच्चा पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्