७० करोड हैन लेखा समितिमा साढे पाँच अर्बको मु’द्धा उठाएको छु : मिश्र (भिडियो सहित)

काठमाडौं । निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिसन डील गरेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपाल स्थित प्रतिनिधि विजय प्रकाश मिश्र माथि प्रहरीले अनुसन्धान गर्ने भएको छ। सार्वजनिक लेखा समि तिले उक्त प्रकरणमा मिश्र र सोही विषयमा समितिका सदस्यहरु समेत संलग्न रहेको भन्दै फेसबुकमा लेख्ने प्रभात किशोर उपाध्यायलाई कारबाही गर्न निर्देशन दिएकाले प्रहरीले अनुसन्धान गर्ने भएको हो ।

यसैबीच मिश्रले इमेज च्यानलसंग कुरा गर्दैै आफूले नै निवर्तमान संचारमन्त्री गोकुल बास्कोटासंगको अडियो बाहिर ल्याएको बताउनु भएको छ । उनले यो मुद्दा लेखा समितिमा परिसकेको अवस्थामा यही फागुन ११ गते बैठक बस्ने भनिएकामा अचानक फागुन ८ गते लाई सारिएपछि कतै आफूले उठाएको मुद्दा लुकाउन खोजिएको त हैन भनेर अडियो सार्वजनिक गरेको दावी गरे ।

मिश्रले लेखा समितिले यो विषयमा अध्ययन गरिसकेकाले आवश्यक सहयोग आफूबाट राज्यलाई हुने पनि बताउनु भयो। मिश्रले रिपोर्ट तयार गर्दादेखि नै भ्रष्टाचारको गन्ध आएको भन्दै ९९.९ प्रतिशत भ्रष्टा’चार भएको दावी गरे। त्यसलाई रोक्न आफूले अभियान चला एको पनि मिश्रको भनाइ छ । संसदीय समितिले पक्राउ गर्न दिएको आदेशबारे मिश्रले लेखा समितिमा स्पष्ट धारणा राखिसकेको अवस्थामा पूर्वाग्रही भएर प’क्राउ गर्न प्रहरीलाई निर्देशन दिएको आरोप लगाए ।

मिश्रले ७० करोडमात्र नभई साढे पाँच अर्बको भ्र’ष्टाचारको मु’द्दा उठाएको र यसमा गोकुल बास्कोटा समेत संलग्न भएको भनेर जानकारी लेखा समितिलाई गराएको दावी गरे । आफू भू’मिगत अवस्थामा नरहेको भन्दै मिश्रले आफूलाई कहीं कतै केही समस्या नपरे को बताए । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्