पश्चिमी न्यून चापीय वायुको प्रभावले देशका विभिन्न स्थानमा केही दिन वर्षा हुने

काठमाडौँ, १० फागुन । पश्चिमी न्यू’न चापीय वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा पानी र हिमाली भेगमा हिउँ पर्ने भएको छ । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महा शाखाले बताएको छ । महाशाखाका अनुसार हिजो देशका विभिन्न स्थानामा हिउँ र पानी परेको र पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै स्थानमामा पानी पर्ने सम्भावना रहेको बताएको छ ।

काठमाडौंमा शुक्रबार बेलुका देखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर ब’दली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्र’भाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “पश्चिमी भेगका केही स्थानमा पानी परिसकेको छ, मध्य र पूर्वका भूभागमा शुक्रबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,” मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो ।

मौसमविद् अर्यालले ठूलो न्यून चापीय प्रणाली नभए पनि यसले केही दिन मौसममा बदली कायम रहने जानकारी दिनुभयो । शनिबार यसको प्रभाव केही भेगमा कायम रहँदै आइतबारदेखि मौसममा केही सुधार आउने सङ्केत रहेको महाशाखाले जनाएको छ तर यो क्रम केही दिन कायम रही फेरि बदलीको सङ्केत आइरहेको छ । अर्को हप्ताको केही दिन फेरि बदली र हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।

महाशाखाका अनुसार शुुक्रबार कतै सामान्य र कतै पूर्ण बदली भई मध्य र पूर्र्वी भेगमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना छ । उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनेछ । शनिबार आंशिक देखि सामान्य बदली अवस्था रहने र हिमाली भेगमा हिमपात हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्