दक्षिण कोरियामा कोरोना भाइरस बाट २ जनाको मृ’त्यु , संक्रमण बढेपछि आपतकाल घोषणा !

काठमान्डौ : दक्षिण कोरियाले आफ्नो देशमा थप कोरोना भाइरसको संक्रमण देखेपछि आपत्कालको घोषणा गरेको छ। दक्षिण कोरियाका प्रधानमन्त्री चुङग साईकुनले टेलिभिजन मार्फत सूचना जारी गरि दक्षिणी शहर डेगु र चेङ्गडो शहरलाई विशेष निगरानी क्षेत्रको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शुक्रबार ५२ जना मध्ये डेङ्गुमा मात्रै ४२ जना संक्रमित भेटिएपछि आपत्कालको घोषणा गरिएको हो। शिन्चेन्जु चर्चमा प्रार्थना गरि फर्किएका ३९ जना बिरामी भएका छन् । दक्षिण काेरियामा काेराेना सं’क्रमणका कारण २ जनाकाे मृ’त्यु भएकाे छ । शुक्रवार साँझ बुसान युनिभर्सिटि अस्पतालमा एक ५० वर्षिया महिलाकाे मृत्यु भएसँगै मृत्यु हुनेकाे संख्या २ पुगेकाे हाे ।

त्यस्तै शुक्रवार साँझ सम्मकाे तथ्याङ्क अनुसार २ सय ४ जना सं’क्रमित भएकाे सरकारी तथ्याङ्क छ । याे संख्या मध्ये १ सय ४४ जना थेगुस्थित सिनछन चर्चका भएकाे बताईएकाे छ । यसै हप्ता चर्चमा पुगेकी ६१ वर्षकी महिलामा कोरोना भाइरस सं’क्रमणको पुष्टि भएको थियो । त्यसैले चर्चलाई उच्च नि’गरानीमा राखिएको छ । राजधानी सियोलमा ३ जनामा सं’क्रमण देखिएको कोरियाकाे समाचार संस्था योन्हापले जनाएको छ ।

डेग्यू र चङ्डु शहरलाई उच्च निगरानीमा राखिएपछि त्यहाँका २५ लाख मानिसलाई घरबाट बाहिर ननिस्कन अपिल गरिएको छ । घरभित्र बस्दा पनि उनीहरुलाई मास्क लगाउन आग्रह गरिएको छ। राजधानी सियोल वासीलाई अन्यत्र शहर जान प्र’तिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्