आफू म’रेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए

बाँके । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दु’र्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनु होस् हामी म’रेर पनि तपाईहरुलाई बचाउँछौँ।’ उनका शब्द नसकिँदै जहाज अ’कल्पनीय दु’र्घ टनामा पर्यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दु’र्घटनामा परेको थियो।

दु’र्घटनामा सबै यात्रु सकुशल रहे, तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्या’न गुमाए । नेपालगञ्जबाट जुम्लाका लागि उडेको सो जहाजको इञ्जिन एक्कासि फे’ल भए पछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको सो दु’र्घटनाबाट यात्रुलाई पुनः जन्म दिँदै चालकद्वयले चिलखाँयामै आफ्नो जीवन बि’साउनु परेको थियो।

‘प्याक–७५० एक्सएल’ सिंगल इञ्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक स’मस्या आएर इञ्जिनले पूर्ण रुपमा काम गर्न छोड्यो। क्याप्टेन न्यौपानेले इञ्जिनलाई पुनः सञ्चालन गर्ने प्रयास सम्भव भएन। जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिङका लागि उपयुक्त ठाउँ खोजियो।

कालीकोटको चियाखाँयामा फो’र्स ल्यान्डिङ गराउँदा भिरालो जमीन र काल्ना सहितको गराका कारण विमान भित्तामा ठो’क्किएर दु’र्घटनामा पर्यो। इञ्जिनमा समस्या भए पछि ‘इमर्जेन्सी पोर्सिडियर’ अन्तर्गत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर आठ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृ’त्युलाई भने जित्न सकेनन् ।

विमानको अगाडिको भाग ठो’क्किएपछि क्याप्टेन न्यौपाने र को–पाइलट राना क’कपिटमै कि’च्चिए। क्याप्टेन न्यौपानको तत्कालै र को–पाइलट रानाको उद्धारमा ढिलाइ हुँदा करिब डेढ घण्टापछि नि’धन भएको थियो। चालक द्वयले आफू म’रेर पनि जहाजमा सवार एक नाबालक सहित नौको ज्या’न जोगाउन सफल भए । जहाजको इञ्जिनभित्र रहेका छ वटा बेरिङ मध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इञ्जिन फे’ल भएको तत्कालीन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ।

‘आफू मरेर अरुलाई बचाउने न्यौपाने’ले पाइलट कोर्स र सिनियर क्याप्टेनको तालीम अमेरिकामा लिनुभएको थियो। यात्रुलाई जीवनदान दिएका न्यौपाने र रानाले वीर पदक पाए। चालकद्वयकै सम्मानमा नेपालगञ्ज–२० मा रहेको राँझा चोकलाई पाइलट चोकका रुपमा नामकरण गरियो। उपमहानगर पालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी गर्यो ।

राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो । महिना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्ड हटाइयो । उपमहानगर पालिकाले बाटिका, प्रतीक्षालय सहित क्याप्टेन द्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ।चालक दिनेशका बुबा मानदत्त न्यौपानेले भने, “दुःखमा रहेका हामीलाई त्यतिबेला झु’ठो आश्वासन दिइयो।

अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामकरण गर्ने विषयमा राजनीति गर्न खोजिएको, हामीसँग पैसा असुल्न खोजियो ।” नेपालगञ्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पा निवासी को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुबा मानदत्तले बताए । उनले भने, “हामीलाई शालिक मात्र राख्न दिए हुन्छ, नाम राँझा चोक नै भए पनि हामीलाई गुनासो छैन।”

शालिक निर्माणमा भएको ढिलाइ प्रति घरपरिवार, शुभेच्छुक र आफन्तले गु’नासो गरेका छन्। आफ्नो पेशाप्रति इमान्दारिता देखाइ बहादुरी पूर्वक जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित राखेर आफूले वी’रगति प्राप्त गर्ने चालक र सहचालकको योगदानलाई राजनीति सँग जोडेर वि’वाद निम्त्याउन खोजेको बुबा मानदत्तको आ’रोप छ। उनले भने, “किरिया खर्च भनेर त्यतिबेला एयरलाइन्सबाट रु एक लाख पाएका थियौँ, त्यसपछि कुनै क्ष’तिपूर्ति पाएका छैनौँ।”

चालकद्वयका शालिक अहिले पनि त्यसै थन्किएका छन् । “करिब रु सात लाख खर्चेर निर्माण गरिएका शालिक थन्किएका छन्”, मान दत्तले भने, “बाटिकाको नाम जे भए पनि शालिक राख्न पाए हामीलाई सन्तोष हुने थियो । जसले अरुको ज्या’न बचाएर आफ्नो जीवनलाई विश्राम दिए उनैको अप’मान गरिएको छ।”

बाटिका बनाउने भनिएको शालिक निर्माण स्थललाई हाल सद्भाव बाटिका लेखिएको छ । २०७३ जेठ १५ गते नेपाल सरकारले चालक द्वयलाई श’हीद घोषणा गरी मर’णोपरान्त वीर पदकले सम्मान गरेको थियो भने २०७२ साल चैत ४ गते पाइलट चोक नामकरण भयो। जहाज उडाउन थालेको आठ वर्षमै न्यौपानेले दु’र्घटनामा ज्या’न गुमाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्