कोरोनाबाट बच्‍न एन्टी-कोरोना भाइरस टेन्ट

बेइजिङ : चीनमा कोभिड १९(कोरोना भाइरस)को संक्रमणका कारण जनाताले धेरै समस्या भोगिरहेका छन्। भाइरसको कारण बजार, यातायात र विद्यालय बन्द छन् । सबै मानिस घरमा कैद हुन् बाध्य छन् । चीनमा एक महिलाले आफ्नी छोरीको अनलाइन कक्षाको लागि बाहिर बस्न मिल्ने एन्टी–कोरोना भाइरस टेन्ट बनाएकी छन् ।

उनको घरभित्र इन्टरनेटको सुविधा राम्रो नभएकोले बाहिर बसेर पढ्नको लागि उक्त टेन्ट निर्माण गरेको उनले बताइन् । उनकी छोरी बी मेनगी ७वर्षकी भइन्। भाइरस को त्रास फैलिरहेको बेला एक आमाले आफ्नी छोरीको लागि काठ र प्लास्टिककको टेन्ट तयार गरेकी छन् । घर बाहिर टेन्ट लगाएर अस्थायी कक्षा सुरु गरिएको छ ।

बिना कुनै समस्या टेन्टमा बी मेनगी अब अनलाइन कक्षामा उपस्थित हुन सक्नेछिन् । भाइरसको महामारीका कारण उनको पढाइमा कुनै समस्या उत्पन्न नहोस् भनेर उनले यो उपाय अपनाएकी हुन्। चीनको धेरै प्रान्तमा विद्यालय र क्याम्पस बन्द छन्। भाइरस संक्र मण हुने डरले बच्चालाई अनलाइन कक्षा सुरु गरिएको हो । ट्युसन शिक्षक बनाएर मोबाइल एपमार्फत लाइभ स्ट्रीमिङको मद्दतले कक्षा सञ्चालनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्