देशको प्रगति चाहने व्यक्ति समाजवादीमा सहभागी हुन आवश्यक छ : पूर्वप्रधानमन्त्री भट्टराई

पर्वत,१० फागुन। समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उहाँले बताउनु भयो ।

तर, उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरु आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा भट्टराईको भनाइ थियो । पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान अन्त र्गत आज पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको दाबी गर्नुभयो ।

डा भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाउनुभयो । सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उहाँले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्