दक्षिण कोरियामा कोरोना भाइरसबाट एकै दिन दोब्बर स’ङ्क्रमित

सियोल : ठूलो संख्यामा नेपालीहरु रोजगारीमा रहेको दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस स’ङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुणा भएको अधिकारीहरूले बताएका छन् । शुक्रवार सम्म २०४ व्यक्तिमा कोभिड-१९ भनिने उक्त भाइरसको स’ङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको स’ङ्क्रमण भएको पुष्टि भएको छ।

योसँगै कुल ४३३ जनामा कोरोना भाइरस स’ङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोना भाइरस प्रकोप ‘ग’म्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे‍ । अधिकांश नयाँ बिरामीहरूको स’म्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको कोरोनाका कारण मृ’त्यु भइसकेको छ।

त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ। डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ। यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोना भाइरस स’ङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्या एको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन्। उनले कोरोना भाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चे’तावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्