आज प्रधानमन्त्री ओलीको जन्मदिन, जन्मदिन मनाउन हेलिकोप्टर मार्फत् जन्मथलो तेह्रथुम जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टर मार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो।

उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो। उनी आज विहान त्यसतर्फ प्रस्थान गर्ने सल्लाहकार थापाले जानकारी दिए। मिर्गौला प्र’त्यारोपण पूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्र्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याड समेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। पुख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने ओलीको योजना छ।

आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ। साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ( जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्