दक्षिण कोरियामा नेपालीलाई सचेत रहन आग्रह

काठमाडौं : दक्षिण कोरियामा कोरोना भाइरसको सं’क्रमण बढेपछि त्यहाँ रहेका नेपाली लगायत कोरियनहरु त्र’सित छन् । श्रम सम्झौता (ईपिएस) अनुसार कोरिया पुगेका नेपालीहरुलाई कतिपय कम्पनीले बाहिर घुम्न जान रोक लगाएको छ ।उनीहरुलाई कार्यस्थल या घर कुनै पनि बेला मास्क लगाएर बस्न निर्देशन दिएको छ भने बारम्बार साबुन पानीले हात धुनका लागि सुझाइएको

ईपिएस मार्फत कोरिया पुगेकी देवकी पुडासैनीले जानकारी दिनुभयो । हाल ईपिएस मार्फत कोरिया पुगेका नेपालीको संख्या करिव ७० हजार रहेको छ । कोरियामा रहेका नेपाली विद्यार्थीहरु सम्मिलित संस्था (सोन्सिक)का अनुसार विभिन्न विश्व विद्यालयमा अध्ययरत नेपालीको संख्या १३ हजारको हाराहारीमा छ । देगु र चङ्डुमा ह्वात्तै संक्रमण बढेपछि त्यस वरपरका शहरमा पनि उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।

देगु र चङ्डु नजिकै रहेको शहर मोक्पोको विश्व विद्यालयले नियमित दिक्षान्त कार्यक्रम स्थगित गरेको छ भने सेमेस्टर २ हप्ता पछाडि सारेको छ । कोरियामा शनिबार बेलुकीसम्म २ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको पुष्टि भइसकेको छ। ह्वात्तै संक्रमण बढेपछि देगु र चङ्डु शहरमा आपतकालको घोषणा गरिएको छ भने शियोलवासीलाई आवत जावतमा रोक लगाइएको छ ।शनिबार वेलुकी ४३३ जना सङ्क्रमित भएको पुस्टी भएको छ।

शिन्चेन्जु चर्चमा प्रार्थना गरि फर्किएका ३९ जना बिरामी भएका छन् । चर्चमा सहभागी हुने करिव ९ हजार मानिसलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । यसै हप्ता चर्चमा पुगेकी ६१ वर्षकी महिलामा कोरोना भाइरस सं’क्रमणको पुष्टि भएको थियो । त्यसैले चर्चलाई उच्च निगरानीमा राखिएको छ। जाडो बिदामा घर गएका चिनियाँ विद्यार्थीहरु बिदा सकाएर धमाधम कोरिया फर्किरहेका छन् । उनीहरू मार्च पहिलो सातादेखि सुरु हुने सेमेस्टरका लागि घर फर्किरहेका छन् । उनीहरुलाई २ हप्ता कोठामा नै क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्