प्रहरीको भ्यानसँग ट्रक जु’ध्यो, ४ असईसहित ६ जना घा’इते

रौतहट, ११ फागुन । पूर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुर स्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठ’क्कर दिँदा ६ जना घाइते भएका छन् । घा’इते हुने मध्ये ४ जना नेपाल प्रहरीका असई रहेकाे जनाइएकाे छ ।

आज आइतबार बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीको ब्रिफिङ कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैया तर्फ जाँदै गरेको अवस्थामा करिब ६ बजे बिहान नेपाल प्रहरीको ना १ झ १३ ३१ नम्बरको भ्यानलाई वि’परीत दिशाबाट आउँदै गरेको ना६ख ८६२५ नम्बरको ट्रकले ठ’क्कर दिएको हो।

आइजिपी ज्ञवालीको ब्रिफिङको लागि सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोविन्द यादव, गौर बस पार्कमा कार्यरत असइ मनोज सिंह, औरैयामा कार्यरत असइ विश्वनाथ प्रसाद यादव, बेल बिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव घा’इते भएका छन्।

घा’इते मध्ये असइ गोविन्द र मनोजको अवस्था ग’म्भीर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। अन्य घा’इतेको नाम भने खुल्न बाँकी छ। घा’इतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भैरहेको र भ्यानलाइ ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्