‘सेन्टी भाइरस’ र ‘आमा’ ले जगाएको आश

काठमाडौं : लामो समयको अन्तरालपछि दुई नेपाली फिल्मले बक्स अफिसमा आशलाग्दो उपस्थिति देखाएका छन्। शुक्रबारबाट प्रदर्शनमा आएका धुर्मुस–सुन्तीको ‘सेन्टी भाइरस’ र दीपेन्द्र के खनालको ‘आमा’को पहिलो दिनको कलेक्सनले यो आश जगाएको हो। रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’को पहिलो दिनको कलेक्सन आकर्षक रह्यो।

यो फिल्मले शुक्रबार मोफसलबाट ५३ लाख र उपत्यकाबाट ५९ लाख रुपैयाँ गरी कुल एक करोड १२ लाख कलेक्सन गरेको वितरकले जनाएका छन्। शुक्रबार महाशिवरात्रिको बिदा परेकाले प्रायः सम्पूर्ण सो हाउसफुल देखिए। शनिबारको कलेक्सन भने अबेर सम्म आउन बाँकी छ। शनिबार पनि देशभरका हल हाउसफुल देखिए भने लेट नाइट सोको कलेक्सन आएको छैन।

कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हास्यजोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले यो फिल्ममा पहिलो पटक ठूलो पर्दामा स्क्रिन सेयर गरेका हुन्। फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने ‘धुर्मुस–सुन्तली’ले घोषणा गरेका छन्। ‘छ माया छपक्कै’पछि सुस्ताएको नेपाली फिल्मको व्यापार ‘सेन्टी भाइरस’ले चलायनमान बनाएको छ।

मल्टिप्लेक्समा उच्च सो पाएको फिल्म हेर्न हलमा युवा पुस्ताका दर्शक बढी देखिएका छन् शनिबार फिल्मका प्रमुख कलाकार ‘धुर्मुस–सुन्तली’ राजधानीका हलहरूमा पुगेका थिए। उनीहरू हलमा पुग्दा दर्शकले ‘सेन्टी भाइरसकी जय’को नारा लगाएका थिए। फिल्म हेर्न हलमा पुगेका दर्शकलाई धुर्मुसले भने, ‘तपाईंहरूले फिल्म हेरेर मनोरञ्जन लिनुका साथै क्रिकेट रंगशाला निर्माणका लागि पनि सहयोग पुगेको छ। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्