बाँस्कोटा प्रकरण : अडियो सार्वजनिक गर्ने मिश्र वि’रुद्ध साइबर क्रा’इमको उजुरी

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र’करणको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्र वि’रुद्ध प्रहरीमा साइबर क्रा’इमको उजुरी परेको छ। संघीय संसद्को सार्वजनिक लेखा समिति सदस्यहरूका तर्फबाट प्रहरी प्रधान कार्यालयको सा’इबर अ’पराध हेर्ने शाखामा उजुरी दर्ता भएको हो ।

आफूहरूलाई मु’छेर चरित्र ह’त्या गरेको भन्दै सार्वजनिक लेखा समितिका सदस्यहरूको तर्फबाट साइबर क्रा’इमको उजुरीका लागि पत्र आएको प्रहरी प्रधान कार्यलयका प्रवक्ता डीआईजी शैलेस थापा क्षेत्रीले जानकारी दिए। प्रहरी प्रधानकार्यलयले उजुरी दर्ता नगर्ने भएकाले उक्त पत्रलाई साइबर क्रा’इम अनुसन्धान ब्यूरो भोटाहिटीमा पठाइने डीआईजी थापा क्षेत्रीले बताए ।

मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सांसदहरू पनि मु’छिएको प्रतिक्रिया दिएका थिए । सोही प्र’करणको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिनुपरेको थिय । मिश्रले सो दिन अडियो सार्वजनिक नगरेको भए लेखा समितिबाट जर्मन कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सहमति हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्