वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको तयारी, माधव नेपाल नेतृत्वमा कार्यदल गठन

काठमाडौं । राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्ने बाटो खोल्न सत्तारुढ दल नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा संविधान संविधान संशोधन सम्बन्धी कार्यदल बनाएको छ ।

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने र त्यहीबाट भावी प्रधानमन्त्री बनाउने छलफल नेकपाभित्र चलिरहेको छ। केही महिनाअघि गौतम निवास भैसेपाटीमा भएको नेकपाको गुटभेलाले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको निर्णय गरेको थियो । गौतमलाई भावी प्रधानमन्त्री बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुप थालेका छन् ।

गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको तयारी गरिएको छ । नेकपा सचिवालयले बनाएको कार्यदलको संयोजक वरिष्ठ नेता माधवकुमार नेपाल छन् भने सदस्यमा नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेका छन् । संवि धान संशोधनको गृहकार्य गर्न कार्यदल बनाइएको हो ।

राजपा नेपालका केही माग सम्वोधन गर्ने र गौतम लाई राष्ट्रिय सभाबाट प्रधानमन्त्री बनाउने गरी कार्यदलले काम गर्ने भएको छ । राष्ट्रिय सभामा गौतमलाई लिएर भावी प्रधानमन्त्री बनाउने बिषयमा नेकपा अध्यक्ष दाहालले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छल फल गरेका छन् । राष्ट्रपति भण्डारीले पनि ग्रिन सिग्नल दिएपछि संविधान संशोधनको तयारी थालिएको हो

प्रतिक्रिया दिनुहोस्