कोरोना भाइरस रो’क्‍न पाकिस्तानले ब’न्द गर्‍यो इरानी नाका

इस्लामाबाद : इरानमा कोरोना भाइरसका बि’रामी ब’ढेसँगै पाकिस्तानले इरानी सीमा क्षेत्र ब’न्द गरेको छ ।इरानसँगको सीमा ताफ्तनमा आइतबारदेखि अस्थायी रुपमा ना’का ब’न्द गरिएको हो। बालोचिस्तानका गृहमन्त्री मि’र जि’याउल्लाह ल्यां’गोभका अनुसार इरानमा कोरोना भाइरसका बि’रामी बढेपछि पाकिस्तानले सीमा ब’न्द गरेको हो ।

‘हो हामीले सीमा ब’न्द गरेका छौँ,’ ल्यां’गोभले भनेका छन् । ब’लोचिस्तान सरकारले इरान छिर्ने पाकिस्तानी तिर्थयात्रीलाई समेत जान दिएको छैन । प्रधानमन्त्री इमरान खानले समेत शनिबार बलोचिस्तानका मुख्यमन्त्रीलाई फोन गरी कोरोना भाइरस रो’कथामका उपायबारे छलफल गरेका थिए ।त्यस्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोभिड–१९ अर्थात कोरोना भाइरस अन्तिम ग’म्भीर अवस्थामा रहेको घोषणा गरेका छन् ।

कोरियामा कोरोना भाइरसका कारण आइतबारसम्म ५ जनाको नि’धन भइसकेको छ। हाल ६ सय २ जना सं’क्रमणको शिकार भएको र १२ सय ७६ जनामा संक्रमणको आशंका गरिएको छ । हाल ८ हजार ५७ जनाको चेकजाँच भइरहेको पनि स्थानीय निकायले बताएको छ। कोरियाली विपक्षी दलले शनिबार नै सत्तारुढ पार्टीलाई आपतकालीन अवस्था घोषणा गर्न द’बाब दिएका थिए।

अब कोरियाली सरकारले कोभिड–१९ लाई प्रमुख प्राथमिकतामा राख्ने छ भने राज्यको सबै निकाय कोरोना भाइरसवि’रूद्धको अभियानमा सक्रिय हुनेछन्। सिओल स्थित क्वाङउन विश्वविधालयका प्राध्यापक डा. भानु श्रेष्ठका अनुसार निम्न तथा माध्यमिक विधालय एक साताका लागि ब’न्द गरिएको छ भने विश्वविद्यालय २ साताका लागि ब’न्द गर्ने निर्णय भएको छ। कलेजहरुले अनलाइनबाटै अध्ययन गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्