बाँस्कोटा वि’रुद्ध सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा वि’रुद्ध सरकारले छानबिन गर्ने बताउनु भएको छ । गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले बाँस्कोटाका विषयमा सरकारले पनि छानबिन गर्ने बताउनु भएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिनुभएका बाँस्कोटा वि’रुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापाको भनाइ छ। बाँस्कोटाले मेसिन खरिद प्रक्रिया सुरु गर्न स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौं कमिसन मागेको अडियो बुधबार राति सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य हुनु भएको हो । ‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनु भएको छ,’ थापाले सञ्चारकर्मीसँग भन्नुभयो– यस विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ ।

उहाँ वि’रुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ । नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनुपर्ने माग उठेको बेला सचिवालय सदस्य थापाले बाँस्कोटा वि’रुद्ध सरकारका निकायले मात्र छानबिन गर्ने बताउनु भयो। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चार मन्त्री बाँस्कोटाको अडियो प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्